आइपीओ निष्काशन गर्न दोल्ती पावर कम्पनी पुग्यो धितोपत्र बोर्ड
काठमाण्डौ।दोल्ती पावर कम्पनी लिमिटेडले आइपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ ।
स्थानीय तथा सर्वसाधारणका लागि दोल्ती पावर कम्पनी लिमिटेडले आइपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डसमक्ष आवेदन दिएको हो ।
कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ताको प्रतिकित्ता रु.१०० दरले कुल १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न...